इरानले गर्‍यो यूएईमाथि मिसाइल र ड्रोन आक्रमण

संयुक्त अरब इमिरेट्सले इरानबाट मिसाइल र ड्रोन आक्रमण भइरहेको जनाएको छ । यूएईको रक्षा मन्त्रालयले अरबी भाषामा जारी गरेको वक्तव्यमा देशभरि मिसाइल र मानवरहित हवाई साधन (यूएभी)विरुद्ध प्रतिकारात्मक कारबाही जारी रहेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार शुक्रबार बिहान देशका विभिन्न क्षेत्रमा विस्फोटजस्ता आवाज सुनिएको थियो । सुरक्षा निकायहरूले सर्वसाधारणलाई शान्त रहन र सम्बन्धित निकायबाट जारी गरिएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेका छन् ।