पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता

विद्यादेवी भण्डारी र केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा भएको भेटमा करिब ३ घण्टा कुराकानी भएको स्रोतले जनाएको छ।भेटमा ओलीको स्वास्थ्य अवस्था, हालको राजनीतिक परिस्थिति तथा मुलुकको बदलिँदो राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ।

तर भेटमा दुई जना मात्र सहभागी भएकाले विस्तृत विषय सार्वजनिक भएको छैन।ओली पत्थरीको शल्यक्रियापछि हाल निवासमै स्वास्थ्य लाभ गरिरहेका छन्।

यसअघि पनि अस्पतालमा उपचाररत रहेका बेला विद्यादेवी भण्डारी ले उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेकी थिइन्।