सरकारले यसपटकको नीति तथा कार्यक्रममा पनि केरुङ-काठमाडौं रेलको विषयलाई समावेश गरेको छ। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले पूर्व पश्चिम विद्युतीय रेलमार्गलाई निर्माणलाई निरन्तरता दिने बताए। उनले केरुङ काठमाडौं तथा रक्सौल काठमाडौं रेलमार्गको लगानी मोडालिटीका विषयमा अध्ययन अघि बढाइने घोषणा गरे।


















