प्रतिनिधिसभाको बैठक बस्दै।

 

 

 

प्रतिनिधिसभाको बैठक मंगलबार मध्याह्न १३ः०० बजे बस्दैछ।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची छ।

आजै अर्थ मन्त्री स्वर्णीम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।