प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएकाे छ । आगामी आर्थिक वर्ष २०८३–८४ काे बजेट तयारीकाे अन्तिम चरणमा रहेका बेला प्रधानमन्त्रीले अर्थमन्त्री वाग्लेसँग भेटेका हुन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच भेटवार्ता भएको हो । भेटका क्रममा बिहीबार प्रतिनिधिसभाबाट पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेटलगायत विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीचकाे भेटलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






