राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार मुलुकको समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित नभएको दाबी गरेको छ । सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उक्त पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सो कुरा बताएकी हुन् । उनले सरकारले सो विधेयक मुलुकको समस्यालाई यथार्थपरक ढंगले विश्लेषण गर्दै ती समस्याहरु समाधान हुने गरी नल्याएको जिकिर समेत गरिन् ।
प्रमुख सचेतक ओलीले यथार्थभन्दा बाहिर गएर सरकारले नागरिकलाई आशावादी बनाउनका लागि गरिएको प्रयासको कुनै अर्थ नहुने पनि बताइन् । उनले भनिन्, ‘हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरु बजेटको फोकस चाहिन्छ । हाम्रा सामाजिक, आर्थिक यथार्थहरु कस्ता छन ? त्यता ध्यान पु¥याऔ । आज राज्यको राजस्व दवावमा छ । युवाहरु विदेश पलायन भईराखेको छन । कृषि उत्पादन घटदो छ । प्राईभेट सेक्टर त्रसित छ । सार्वजनिक ऋणको भार बढिरहेका छन । पूँजीगत खर्च अत्यन्त कमजोर छ । स्थानीय तहमा सेवा प्रवाह असमान छ । यस्ता यथार्थबीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढदै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्शन गर्नु भन्दा नारामूलक आशावादी फेरी पनि प्रस्तुत गरेको होकि भन्ने मलाई लागि रहेको छ ।’
प्रमुख सचेतक ओलीले सरकारले मुलुकको समृद्धिका लागि कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रको विकासमा जोड दिनुपर्ने पनि बताइन् ।


















