रुसी तेल खरिदमा अमेरिकाले फेरि दियो राहत, प्रतिबन्धमा ३० दिनको छुट

अमेरिकाले पुनः एकपटक समुद्रमा रोकिएको रुसी तेल खरिदमाथि लगाइएको प्रतिबन्धमा ३० दिनको छुट दिएको छ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण ऊर्जा संकटसँग जुधिरहेका देशहरूका लागि यस निर्णयलाई ठूलो राहतका रूपमा हेरिएको छ ।

अमेरिकी वित्त विभागले सोमबार रुसी तेल खरिदमा अस्थायी रूपमा ३० दिनको छुट दिने निर्णय गरेको हो। अमेरिकाको यस कदमले विभिन्न देशहरूलाई हाल समुद्रमा रोकिएको रुसी तेलसम्म पहुँच पाउने सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।