श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसद्मा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले यस्तो बताएका हुन्। उनले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुपर्नेमा जोड दिए।
उनले भने, ‘हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ । यदि सरकारको आलोचना गर्दैमा र संसद्प्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्बन गरिन्छ भने पनि हामी रेडी(तयार) छौँ ।’


















