नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधिसभा बैठकमा सभामुखलाई विगतका संसदीय गतिविधि सम्झाउँदै मर्यादाको विषयमा टिप्पणी गरेका छन्।उनले अघिल्लो संसदमा हालको सत्तारुढ दलले गरेका विरोधका शैलीहरूलाई स्मरण गराउँदै अहिलेको विरोधलाई मात्र अमर्यादित भन्नु उचित नभएको बताए ।
श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड प्रदर्शन गरेको प्रसंग उठाउँदै राईले पहिले विपक्षमा हुँदा सत्तापक्षले वेल घेराबन्दी गर्ने, निलो स्कार्फ लगाउने र वेलमा पलेँटी कसेर बस्ने जस्ता गतिविधि गरेको उदाहरण दिए।
उनका अनुसार त्यतिबेलाका र अहिलेका दुवै प्रकारका गतिविधि संसदीय मर्यादाका दृष्टिले उचित होइनन्।


















