प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालनको माग गर्दै विपक्षी दलहरूले विरोध जारी राख्ने भएका छन्। प्रमुख प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकहरूको बैठकले संसद् बैठकमा निरन्तर विरोध जनाउने निर्णय गरेको हो। नेकपा एमालेका प्रमुख सचेतक ऐन महर ले सभामुखले जबरजस्ती प्रक्रिया अघि बढाए कडा विरोध गर्ने चेतावनी दिएका छन्। उनले प्रधानमन्त्रीले संसद्मा आएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने अडान दोहोर्याए।
विपक्षी दलहरूले संसद् नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अनिवार्य रहेको भन्दै कार्यपालिकालाई संसद्प्रति जवाफदेही बनाउन एकजुट भएर अघि बढ्ने निर्णय गरेका छन्।सिंहदरबारस्थित एमाले संसदीय दल कार्यालयमा बसेको प्रमुख सचेतक र सचेतकहरूको बैठकले विरोध रणनीति तय गरेको हो। प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तर कार्यक्रम गर्नुपर्ने व्यवस्था छ। तर तोकिएको समयभित्र कार्यक्रम हुन नसकेपछि विवाद चुलिएको हो।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






