कक्षा १२ को नतिजा असार १० सम्म प्रकाशित गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ को नतिजा असार १० गतेसम्म प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले यही लक्ष्यसाथ अहिले धमाधम उत्तरपुस्तिका परीक्षणको काम भइरहेको जनाएको छपरीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यालका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ।

कर्मचारीहरू तीव्र रूपमा खटिएका छन् । सरकारले कक्षा १२ को नतिजा ४५ दिनभित्र प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएको छ।