पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्ध दायर रिटको सुनुवाइ न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ ।
यसअघि अदालतले कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र सरकारसँग लिखित जवाफ मागेको थियो। अन्तरिम आदेशबारे दुवै पक्षलाई आज सुनुवाइका लागि बोलाइएको छ।
देउवाको तर्फबाट दायर गरिएको रिटमा पक्राउ प्रक्रियालाई गैरकानुनी र अधिकारविपरीत भएको दाबी गरिएको छ । देउवाले अनुसन्धानमा सहयोग गर्न मन्जुर भएको, सम्पत्तिको स्रोत देखाउन तयार रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् ।


















