वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

 

१२ जेठ, काठमाडौं ।  वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतका तहसिलदार देवराज भट्टराईले मेयर सिंहलाई पक्राउ गर्न अनुमति दिएको पुष्टि गरे । उनका अनुसार यो अनुमति ८ जेठमै दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सका डीएसपी हरिबहादुर बस्नेतले मेयर सिंहविरुद्ध नागरिकता सम्बन्धी लिखत कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको जानकारी दिए ।