नेपाललाई ग्रे लिष्टबाट हटाउने घोषणा

सरकारले नेपाललाई ग्रे लिष्टबाट हटाउने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । नेपाल सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा पालना गर्नुपर्ने नियम पालना नगरेको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को एसिया प्रशान्त समूह (एपिजी) ले ग्रे सूचीमा राखेको छ ।

नेपाललाई दुई वर्षका लागि यस्तो सूचीमा राखिएको हो ।