अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपश्चिममा शान्ति प्रवर्द्धनका लागि पाकिस्तानको अहम् भूमिका रहेको बताएका छन् । पाकिस्तानका उपप्रधान एवम् विदेशमन्त्री इसहाक डारसँग शुक्रबार भएको भेटवार्तापछि उनले शान्ति प्रवद्र्धनका लागि पाकिस्तानको भूमिका अहम् रहेको बताएका हुन् ।
अमेरिकी विदेशमन्त्री रुबियोले शान्ति प्रवद्र्धनका लागि निभाएको भूमिकाका लागि पाकिस्तानलाई धन्यवाद पनि दिएका छन् । उनले खेका छन्, ‘पाकिस्तानका डिप्टी प्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक डारसँग भेट भयो । मध्यपश्चिममा शान्ति प्रवद्र्धनका लागि पाकिस्तानले निरन्तर भूमिका खेलिरहेकोमा धन्यवाद व्यक्त गरें ।’


















