प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

भारत भ्रमणमा रहेका रवि लामिछानेले नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। दुई नेताबीच भएको भेटवार्तामा लामिछानेले औपचारिक निमन्त्रणा दिएका हुन् । भेटका क्रममा मोदीले नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको र चाँडै नेपाल आउने बताएका छन् ।

भ्रमण दलमा सहभागी अधिकारीका अनुसार प्रधानमन्त्री मोदी नेपाल भ्रमण गर्न इच्छुक भएमा नेपालबाट प्रधानमन्त्रीको तर्फबाट आधिकारिक निम्तो जानेछ ।

त्यसको बारेमा सभापति लामिछाने नेपाल फर्केपछि छलफल हुनसक्ने बताइएको छ ।