नेकपा एमालेले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनप्रति असहमति जनाउँदै त्यसविरुद्ध न्यायिक पुनरावलोकनका लागि अदालत जाने बताएकाे छ ।
एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार एक वक्तव्य जारी गरी आयोगको प्रतिवेदनमाथि न्यायिक पुनरावलोकनका लागि अदालत जाने बताएका हुन् ।
गत भदाैमा भएकाे जेन–जी आन्दोलनमाथि मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदनमाथि न्यायिक पुनरावलोकनमा जाने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
एमालेले आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाउँदै त्यसलाई राजनीतिक पूर्वाग्रह र बदनियतपूर्ण रहेको आरोप लगाएको छ।
‘प्रतिवेदन घटनाको वस्तुगत अनुसन्धान भन्दा पनि पूर्वनिर्धारित निष्कर्षलाई पुष्टि गर्नेगरी प्रायोजित, नियोजित र निर्देशित रुपमा योजनाबद्ध ढंगले बदनियतपूर्ण दिशामा बढी केन्द्रित भएको देखिएको छ,’ वक्तव्यमा भनिएको छ ।


















