नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल भएको बताएका छन् ।
बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकार जनअपेक्षाविपरीत र जनविरोधी ढङ्गले अघि बढिरहेको, प्रधानमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि निरन्तर प्रश्न उठिरहेको तथा परिपक्व नेतृत्वभन्दा बालापन झल्किने शैली देखिएको अवस्थामा राजनीतिक दलहरूबिच संवाद, सहकार्य र सहमति अझ आवश्यक बनेको छ।’
सभामुखले संसद्को गतिरोध अन्त्य गर्न सक्रिय भूमिका खेल्नुपर्ने बेला विभिन्न कार्यक्रम र यात्रामा अनावश्यक तामझामसहित व्यस्त देखिएको परिस्थितिमा प्रमुख राजनीतिक शक्तिहरूलाई संवादको साझा मञ्चमा ल्याउने प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने बस्नेतको भनाइ छ ।


















