ट्रम्पको चेतावनी अस्वीकार गर्दै इरानमाथि इजरायलको जवाफी हमला

इजरायली वायुसेना (IAF) ले इरानको मध्य र पश्चिमी क्षेत्रमा रहेका सैन्य ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले टेलिग्राममा पोस्ट गर्दै लेखेका छन्, ‘राजधानी तेहरान, तब्रिज र इस्फहानमा एकपछि अर्को गर्दै कयौँ शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्।’

यसका साथै मध्य इरानको ‘करज’सहर वरपर पनि ठूला विस्फोटहरू भएका छन् । यसअघि इरानले इजरायलमाथि दर्जनौँ मिसाइलहरू प्रहार गरेको थियो ।
सोही हमलाको जवाफी कारबाही स्वरूप इजरायलले इरान भित्रै पसेर यो ठूलो हवाई आक्रमण गरेको हो।