श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रतिनिधिसभा विधिअनुसार चलाउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले यस्ताे माग गरेका हुन् । सांसद साम्पाङले सरकारले संविधान नमानेको बताए ।
साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई रुलिङ गरेर सदनमा बोलाउन सभामुख डीपी अर्यालसँग माग गरे । ‘हिँडेर एक मिनेट पनि नलाग्ने बाटोमा प्रधानमन्त्री आउन कति गाह्रो ? प्रधानमन्त्रीज्यूलाई तपाईंले रुलिङ गरेर ल्याउनुपर्छ । विधिबाट सञ्चालन गरौँ भन्ने अनुरोध हो,’ साम्पाङले भने ।


















