सेफ सन्तोष साह पक्राउ परेका छन्।
साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो।
कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनलाई धनुषाको जनकपुर उपमहानगरपालिका-८ रामानन्द चोकबाट पक्राउ गरिएको हो।
सन्तोष सिराहाको कर्जन्हा नगरपालिका-११ का हुन्।
चितवन घर भई काठमाडौं बस्दै आएकी सकुन्तला थापाले साहविरूद्ध ठगी सम्बन्धमा जाहेरी दिएकी थिइन्।
सकुन्तलाले २ वर्षअघि साहलाई रेस्टुरेन्ट बेचेकी थिइन्। त्यतिबेला गैरीधाराको आफ्नो रेस्टुरेन्ट २ करोड २५ लाख रूपैयाँमा बिक्री गरेको सकुन्तला बताउँछिन्।
सन्तोषले त्यतिबेला केही पैसा दिए पनि डेढ करोड रूपैयाँभन्दा बढी बाँकी राखेको उनको भनाइ छ।
सकुन्तलाका अनसार एक वर्षअघि साहले उनलाई चेक दिएका थिए। ‘तर त्यो खातामा पैसा थिएन। पटकपटक पैसा जम्मा हुँदैछ भन्नुभयो तर भएन,’ उनले भनिन्, ‘त्यसपछि प्रहरीकहाँ गएको थिएँ।’


















