नवलपरासी पश्चिममा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अरोपमा सुनवल नगरपालिका- ८ बैरागनाथ बस्ने ४८ वर्षीय यमलाल पौडेललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
यामलालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















