रास्वपाको प्रथम महाधिवेशनमा उत्साहसँगै कडा सुरक्षा व्यवस्था (फोटोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु हुनुअघि नै भरतपुरस्थित महाधिवेशनस्थलमा उत्साह र चहलपहल बढेको छ।
देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक तथा कार्यकर्ताहरू बिहानैदेखि महाधिवेशनस्थलमा भेला भएका छन्। प्रतिनिधि दर्ता, बैठक व्यवस्थापन तथा कडा सुरक्षा व्यवस्था अन्तिम चरणमा पुर्‍याइएको छ।

रास्वपाका अनुसार देशभरबाट चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनमा नेतृत्व चयन, संगठन विस्तार र आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रमसँगै महाधिवेशनका औपचारिक सत्रहरू सुरु हुनेछन्।