राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधिको नाममा टुंगिन नसकेपछि सोमबारको बन्दसत्र मंगलबार सर्याे । तैपनि महाधिवशेनको प्रतिनिधिको नाममा भएको विवाद अझै टुंगिन सकेको छैन ।
मंगलबार एकातिर धमाधम प्रतिनिधिलाई कार्ड वितरण भइरहँदा अर्कोतिर नाम छुटेकाहरूले निर्वाचनत आयोगको कार्यालय घेराउ गरेका छन् । गण्डकीका केही प्रतिनिधिको नाम छुटेको भन्दै निर्वाचन आयोगको कार्यलयमा कार्यकर्ताले हुलहुज्जतसहित घेराउ गरेका छन् ।


















