गृहमन्त्रीले अमलेट खाँदा माछाको काँडा भेटिएपछि…

गृहमन्त्री सुधन गुरुङले खाजा खाने क्रममा अमलेटमा माछाको काँडा भेटिएपछि होटलका कमर्चारीहरूलाई सोधपुछ गरिएको छ । चितवनको लड्स प्लाजा होटलमा गृहमन्त्रीले अमलेट खाने क्रममा माछाको हड्डी भेटिएपछि होटलका भान्सेहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको हो ।

गृहमन्त्री गुरुङको सचिवालयले खाद्य विभागले अखाद्य वस्तुको विषयमा होटल सञ्चालक टिमसँग सामान्य सोधपुछ मात्र गरिएको र कुनै पनि कर्मचारीलाई पक्राउ नगरिएको जानकारी दिएको छ ।