विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग

नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेललाई तत्काल रिहा गर्न माग गरेको छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले सोमबार पक्राउ परेका पौडेललाई तत्काल रिहा गर्न माग गर्ने निर्णय गरेको हो ।