रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचनमा गुट, उपगुट वा प्यानल नबनाई स्वस्थ प्रतिस्पर्धा गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।मंगलबार चितवनमा महाधिवेशनको बन्दसत्रको उद्घाटन गर्दै सभापति लामिछानेले नेतृत्व चयनमा विवेक प्रयोग गर्न आग्रह गरे ।
साथै, प्रतिनिधि शुल्क नलिन र आर्थिक समस्या भएका प्रतिनिधिलाई बुझाइसकेको शुल्क फिर्ता गर्ने व्यवस्था गर्न पनि निर्देशन दिएका छन्।


















