साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ हजार ६०० रुपैयाँले घटेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदी पनि तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
















