नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न सचेत गराएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिएकी हुन् ।
सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको टिप्पणी गर्दै उनले यस्ता विषयमा सरकारलाई सचेत रहन आग्रह गरिन् ।
१२ कक्षाको परीक्षाफलमा गम्भीर त्रुटि देखिएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग उनले माग गरिन् ।



















