पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको बहुदलीय जनवादले कम्युनिष्टप्रतिको भ्रमलाई हटाएको बताएकी छन् ।जननेता मदन भण्डारीको ७५औ जन्मजयन्ती समारोहमा बोल्दै भण्डारीले मदन भण्डारीको बहुदलीय जनवादले नै नेपालमा कम्युनिष्टप्रति विश्वास बढाएको बताउदै पुँजीवादी पक्षधरहरुले फैलाएकासबै भ्रमको निवारण गरेको बताएकी छन् ।
भण्डारीले हालै सम्पन्न चुनावले सबै कम्युनिष्टहरुलाई जनतासँग जोडिनुपर्छ भन्ने सन्देश दिएको बताउदै एउटा चुनावले मात्र कम्तुनिष्टको महत्व कम भयो भन्न नहुने जिकिर गरिन । उनले बदलिदो परिस्थिति, प्रविधिको विकास र जनतासँगको जीवन्त सम्बन्धले आन्दोलनलाई सान्दर्भिकता बनाउदै लैजाने बताउदै अहिलेको अवस्थामा बहुदलीय जनवादको महत्व अझ बढेको बताईन । उनले जनताको विश्वास पुन हासिल गर्ने आधार परिणाममुखी काम र विश्वसनीय नेतृत्व हुनुपर्ने बताउदै भण्डारीले समय अनुसार आफुलाई ढाल्न सके मात्र कम्युनिष्ट आन्दोलनले फेरी सफलता हासिल गर्न सक्नेमा जोड दिइन ।
भण्डारीले अबको देशको बाटो नै बहुदलीय जनवादको बाटो भएको भन्दै आफु नेपालको राजनीतिक अवस्था र परिस्थितिमा प्रत्यक्ष कार्यकारीको पक्षमा नरहेको समेत उल्लेख गरेकी छन् ।



















