१०० दिने प्रगति विवरण शनिबार सार्वजनिक गर्दै बालेन सरकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि शनिबार सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरूको सुची सार्वजनिक गर्ने तयारी भइरहेको छ ।