सरकारले पुरानो शैली भत्काउने प्रयास गरेको छ,अझै केही समय दिनुपर्छ: बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनलाई परम्परागत संसदीय दृष्टिकोणबाट हेर्दा उल्लेखनीय उपलब्धि नदेखिए पनि शासकीय शैली परिवर्तन गर्ने प्रयासका रूपमा सकारात्मक रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यी १०० दिनलाई पुरानो शासन शैली भत्काउने र नयाँ अभ्यास सुरु गर्ने प्रारम्भिक प्रयासका रूपमा लिन सकिने उल्लेख गरेका छन्। साथै, सरकारलाई केही समय ‘शंकाको लाभ’ दिनुपर्ने उनको भनाइ छ।