१०० दिनमा उर्जा मन्त्रालयले गर्‍यो ७५ काम

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले १०० दिनमा ७५ वटा काम गरेको विवरण सार्वजनिक गरेको छ । वर्तमान सरकार गठन भए पश्चात प्रगति विवरण सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले के कस्ता काम भए भनेर ७५ वटा बुँदामा समेटेको हो ।

जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका विवरण समावेश छ ।

२५ जना शहिदका परिवारका ४१ जनालाई लाई नेपाल विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति उपलब्ध गराइएको विषय पनि उल्लेख छ । यसअवधिमा कर्णाली प्रदेशको पूर्ण विद्युतिकरणको लागि कर्णाली विद्युतिकरण आयोजनामार्फत वितरण लाईन विस्तार कार्यको बोलपत्र आव्हान गरिएको छ ।