नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको अवधि पुनः थप गरेको छ । पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरणको समय अब ३ साउनसम्म कायम रहने गरी निर्णय गरिएको हो ।
यसअघि तोकिएको समयसीमा पर्याप्त नभएको निष्कर्षसहित पार्टीले सदस्यता वितरणलाई थप प्रभावकारी बनाउन अवधि बढाउने निर्णय गरेको उनले जानकारी दिए ।
महामन्त्री पौडेलले पार्टीका सम्बन्धित सबै निकायलाई थपिएको समयसीमाभित्र सदस्यता वितरणको काम सम्पन्न गर्न आग्रह गरेका छन् । यसअघि कांग्रेसले नयाँ सदस्यताका लागि २० असारसम्मकाे समय तोकेको थियो ।
कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको जनाएकाे छ ।



















