प्राविधिक समस्याका कारण प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

प्रतिनिधिसभाको बैठकमा लाइभ स्ट्रीमिङ प्रभावित भएको छ ।प्राविधिक समस्याका कारण सदनको लाइभ स्ट्रीमिङ प्रभावित भएको हो । केही प्राविधिक समस्या भएकाले सदनको लाइभ स्ट्रीमिङ प्रभावित भएको छ । कार्यव्यवस्था परामर्श महाशाखाबाट तत्काल समस्याको समाधान गर्न निर्देशन भइसकेको छ ।

यसअघि प्रतिनिधि सभाको असार १८ गतेको बैठकमा पनि प्राविधिक समस्या देखिएको भन्दै लाइभ भएको थिएन ।