अहिले गोली चल्नु, कुटपिट हुनु अहिले सामान्य घटना जस्तो भइसक्यो: नितिमा भण्डारी

प्रतिनिधिसभाकी सांसद नितिमा भण्डारी कार्कीले अहिले गोली चल्नु, कुटपिट हुनु सामान्य घटना जस्तो देखिन थालेको टिप्पणी गरेकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठमा बोल्दै सांसद कार्कीले देशमा दिन प्रतिदिन शान्ति सुव्यवस्था कमजोर बन्दै गएको बताउँदै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले शान्ति सुरक्षा कायम गर्नु राज्यको पहिलो दायित्व भएको बताउँदै यस्ता घटनामा गृहमन्त्रीले के कस्ता कारवाही गर्नु भएको छ भन्दै प्रश्न समेत गरेकी छन् ।