कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख खलिफा बिन हमद अल थानीको ८४ वर्षको उमेरमा निधन भएको छ ।
अमिरी दिवानले आइतबार उनको निधन भएको पुष्टि गरेको हो । उनले सन् १९७२ देखि १९९५ सम्म कतारको शासन सम्हालेका थिए र आधुनिक कतारको विकासको आधार तयार पार्ने नेताका रूपमा चिनिन्छन्।


















