कान्तिपुर टेलिभिजनअगाडि पार्किङ गरिराखेको शंकास्पद कारलाई बग्गीखाना लगिएको छ । सोमबार बिहान कार्यालयमा सवारी आवतवावत गर्न रोकावट हुनेगरी बागमति प्रदेश ०१ ०३४ च ८४८० नम्बरको गाडी पार्किङ गरिएको थियो ।
कार्यालयमा सवारी प्रवेशमा अवरोध हुनेगरी गाडी राखेपछि कान्तिपुर टीभीको व्यवस्थापनले ट्राफिक प्रहरीलाई खबर गरेर बग्गीखाना लगिएको छ ।


















