इरानी बन्दरगाहहरूमा अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दबाब बढाउने उद्देश्यले इरानी बन्दरगाहहरूमा अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू गर्ने घोषणा गरेका छन्।
उनले होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने सबै कार्गो जहाजमा २० प्रतिशत शुल्क लगाइने बताएका छन्।

ट्रम्पका अनुसार यो व्यवस्था अमेरिकी समयअनुसार मंगलबार अपराह्न ४ बजेदेखि लागू हुनेछ भने अन्य देशहरूले भने उक्त जलमार्ग स्वतन्त्र रूपमा प्रयोग गर्न पाउनेछन्।