नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै मालपोत कार्यालयहरूले काठमाडौं उपत्यकाका जग्गाको नयाँ न्यूनतम मूल्य निर्धारण गरेका छन्। काठमाडौंका प्रमुख व्यापारिक क्षेत्र माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, दरबारमार्ग, कमलादी, जमल, कान्तिपथलगायत मुख्य सडकसँग जोडिएका जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख २० हजार रुपैयाँ तोकिएको छ। गत वर्ष यी क्षेत्रको मूल्य ७२ लाख ६० हजार रुपैयाँ थियो। रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट लगायतका क्षेत्रमा पनि यही मूल्य कायम गरिएको छ। पुतलीसडक आसपासको जग्गाको मूल्य भने प्रतिआना ५६ लाख रुपैयाँ पुगेको छ।
चावहिल क्षेत्रअन्तर्गत गौशाला–धोबीखोला चक्रपथसँग जोडिएका जग्गाको मूल्य प्रतिआना ६२ लाख ७० हजार रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, कलंकी क्षेत्रको बल्खु–बनस्थली चक्रपथ आसपासको जग्गाको मूल्य ४९ लाख ३५ हजार रुपैयाँ पुगेको छ।
मालपोत कार्यालयहरूले बाटो नपुगेका जग्गाको मूल्य भने तुलनात्मक रूपमा कम निर्धारण गरेका छन्। काठमाडौंमा यस्ता जग्गाको न्यूनतम सरकारी मूल्य एक लाखदेखि १० लाख रुपैयाँसम्म तोकिएको छ। घरजग्गा व्यवसायीका अनुसार सरकारी मूल्यभन्दा वास्तविक कारोबार मूल्य भने अझै उच्च हुने गरेको छ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






