नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी एकताका लागि पहल लिन सभापति गगन थापालाई आग्रह गरेका छन् । उनले विभाजन भएर गए कांग्रेससँगै प्रजातन्त्र खतरामा पर्ने बताए ।
सबै विचार र पक्षको सम्मानजनक सहभागिता नै कांग्रेस चलाउने मन्त्र भएको बताउँदै महतले एक्लै चल्छु भन्ने मोडेल कांग्रेसमा सफल हुन नसक्ने बताए ।
उनले भने, ‘कांग्रेसको भाैतिक शरीर त्यहाँ होला, आत्मा यहाँ छ ।’ महतले एकताका लागि संस्थापन लचक नभए कांग्रेसको आत्मासहितको नयाँ बाटो लिन आफूहरू बाध्य हुने चेतावनी दिए ।
उनले भने, ‘कांग्रेसको आत्मासहितको जुनसुकै बाटो लिन हामी बाध्य हुनेछाैँ । त्यसका लागि तयार छाैँ ।’


















