रास्वपाका तीन मन्त्रीसहित छ नेताले खाए केन्द्रीय सदस्यको शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ६ जना केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ खाएका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता र कृषिमन्त्री गीता चौधरीलाई केन्द्रीय सदस्यको शपथ गराएका हुन् ।

तीन मन्त्रीसँगै सांसद यज्ञमणि न्यौपाने तथा नेताहरू प्रमोद न्यौपाने र विनिता कठायतले पनि शपथ खाएका छन् । उनीहरू चितवन महाधिवेशनबाट निर्वाचित भए पनि शपथमा छुटेका थिए ।

मन्त्री चाैधरीले यसअघि शपथमा आफूहरू छुटेका कारण आज बैठक सुरु हुनुअघि शपथ लिइएको बताइन् ।