सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बाराका उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
त्यस्तै, नेपाल र पोर्चुगलबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय पनि बैठकले गरेकाे छ । सार्वजनिक चासोको विषय बनेको एनसेलको सेयर खरिद-बिक्रीका सम्बन्धमा पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनलाई पनि सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।


















