लाल सागरमा यमनी जहाजमा हुथी आक्रमणबाट ६ जनाको मृत्यु

लाल सागरको बाब अल–मन्डेब स्ट्रेटमा व्यापारिक यमनी जहाजमा हुथी विद्रोहीहरूले गरेको मिसाइल आक्रमणकमा कम्तिमा छ जनाको मृत्यु भएको यमन सरकारले जनाएको छ ।

यमन सरकारको यातायात मन्त्रालयका अनुसार हुथी विद्रोहिरूले खाना ढुवानी गर्ने सानो मालवाहक जहाज तिहामामा तिनवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए । ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणले आगलागी निम्त्याए पछि चारजना चालक दलका सदस्य, तीनजना पाकिस्तानी नागरिक र एकजना इन्डोनेसियाली नागरिक र अन्य चारजना चालक दलका सदस्यहरुका साथै एक जना उद्धारकर्मी घाइते भएको मन्त्रालयलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।

अनुसन्धान र उद्धार अभियान सुरु भए पछि पनि हुथीहरूले दोस्रो पटक जहाजमा प्रहार गरेर उद्धार टोलीसहित जहाजमा रहेका यात्रुहरुकोे जीवन खतरामा पार्नेसमेत प्रयास गरेको जनाइएको छ । यमनको तटरक्षकले मृतक मध्ये दुई जना उद्धारकर्मीहरुसमेत रहेको पुष्टि गरेको छ ।

प्रारम्भिक समयमा यमनी अधिकारीहरू र समुद्री गुप्तचर समूह मारिस्कले पहिलो पटक साउदीको स्वामित्वमा रहेको जहाजमा आक्रमण भएको रिपोर्ट गरेका थिए । यद्यपि, मरीन ट्राफिकको तथ्याङ्कले तिहामाह तान्जानियामा यात्रा गरिरहेको र इजिप्ट र यमनमा दर्ता भएका कम्पनीहरूको स्वामित्वमा रहेको जहाजमा आक्रमण भएको जनाइएको छ ।

यसैबीच, पाकिस्तान, टर्की र साउदी अरबबिच भर्खरै घोषणा गरिएको मक्का संयुक्त रक्षा सम्झौता यमनका इरान समर्थित हुथी विद्रोहीहरूले जाजानको अरामको प्रशोदन केन्द्रमा आक्रमण गरेपछि असफल भएको जनाइएको छ । सादा र हजाह प्रान्तहरूमा साउदी ड्रोन अपरेसनको बदलामा हुथी समूहले प्रती आक्रमणमा प्रशोदन सुविधा लक्षित गरेको कारण जाजानको अरामको प्रशोदन केन्द्रमा आइतबार आगलागी सुरु भएको हुथी सैन्य प्रवक्ता याह्या सारीले बताएको छ ।

साउदी अरबको ऊर्जा मन्त्रालयले पछि आगलागीको पुष्टि गर्दै यसलाई नियन्त्रणमा लिएकोे बताएको छ ।