सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज राजीनामा दिने भएका छन् । शाहले आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गरेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।
प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्।


















