प्रलाेपाले मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने

प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलाेपा) ले आगामी मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। आइतबार बसेको सचिवालयको विस्तारित बैठकले मंसिर ५, ६ र ७ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीको संरक्षकमा जनार्दन शर्मा ‘प्रभाकर’ रहने निर्णय समेत गरेको छ । ‎दुर्गा सोवको टिम र राम कार्कीलाई उज्ज्वल भविष्यको कामनासहित बिदाइ समेत गरिएको छ।