भारतीय सेना प्रमुख जनरल धिरज सेठ प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।
सेठ मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका हुन् । उनको आगमनअघि नेपाली सेनाका प्रधानसेनापति पनि प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन् । सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।


















