अमेरिकामा हेलिकप्टर र प्लेन जुधे: १ को मृत्यु, २ घाइते

अमेरिकाको पेन्सिलभेनिया राज्यमा प्रशिक्षण अभ्यासका क्रममा राज्य प्रहरीको हेलिकप्टर र एउटा सानो विमान आपसमा ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ भने दुई जना राज्य प्रहरी घाइते भएका छन् ।

घटना बुधबार साँझ करिब ६ः५२ बजे कम्बरल्यान्ड काउन्टीस्थित कार्लाएल क्षेत्रीय विमानस्थलमा भएको प्रहरीले जनाएको छ । उक्त विमानस्थल फिलाडेल्फियाबाट करिब १२० माइल पश्चिममा पर्छ ।

दुई सदस्यीय हेलिकप्टर टोली धावनमार्गको छेउमा रहेको घाँसे मैदानमा नियमित प्रशिक्षण अभ्यास गरिरहेको थियो । त्यसै क्रममा धावनमार्गबाट उडेको दुई सिटे सेस्ना मोडल १५० विमान दायाँतर्फ मोडिँदै सानो सेस्ना विमानमा पाइलट मात्रै रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

यद्यपि विमानमा अरू कोही सवार थिए कि थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।