नेपाली काँग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएको छ । बिहीवार काठमाडौमा आयोजित दोलखाका लोकनायकहरु पुस्तक विमोचन कार्यक्रममा उनले अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको बताएको हो ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पाँच वर्षको लागी सरकार चालउन जनताबाट म्याण्डेड लिएर आएकोेले उसलाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्ने बताए। पाँच वर्षपछि काँग्रेसले सरकार चलाउनेगरि आफूहरुले तयारी गरिरहेको पनि उनले जानकारी दिए । उनले विगतबाट पाठ सिकेर आफूलाई सच्याउँदै अघि लैजाने बताए । उनले नयाँ राजनीतिक शक्तिहरुलाई पनि पुराना दलहरूले गरेको गल्ती र भोगेको संकट नदोहोर्याउन सुझाव दिए । उनले संख्या नै ठूलो भन्ने भ्रमबाट मुक्त हुन पनि सरकारलाई आग्रह गरे ।
विगतमा काँग्रेस-एमालेले पनि जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफूहरूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठानेको परिणाम अहिले भोग्नुपरेको उनको भनाई छ । दुईतिहाइ बहुमत भएपनि निरन्तर जनसमर्थन र नैतिक नेतृत्व गुमेपछि राजनीतिक शक्ति कमजोर बन्ने उनले बताए । लोकतन्त्रमा नैतिक नेतृत्वको महत्वपूर्ण हुने उनको भनाई छ ।
सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने उनले बताए । उनले भने, ‘हामी एकैपटक माथि मात्रै हेर्यौँ, हामीसँग पाएको शक्ति, प्रतिष्ठा मात्रै हेर्यौँ, त्यसले हामीलाई ठिक ठाउँमा पुर्याउन सक्दैन । हिजो हामीले सिकेको कुरा हो यो, हामी त्यो सिकाइबाट आफूलाई सच्याउन चाहन्छौँ, आफूलाई बदलेर लैजान चाहन्छौँ ।
नयाँ साथीहरूले पनि उनीहरूले नभोगेको कुरा हामीले भोग्यौँ नि त बाबा । हामीले भोगेको कुरा किन तपाईंहरू भोग्नुहुन्छ फेरि रु तपाईंहरू त नभोग्नुस् । म त म त बारम्बार भनिरहेको छु, मज्जाले अहिलेको कम्तीमा कुनै नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुहोस् अब । नेपालले थेग्न सक्दैन। राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित जितेर आएको छ, ५ वर्ष उहाँहरूले नेतृत्व गर्नेछ । एकैचोटि अर्को ५ वर्षपछि चुनाव गर्ने, हामीले राम्रो उहाँहरूभन्दा राम्रो गर्ने गरेर तयारी गरिरहेका हुन्छौँ नि त हामी । नयाँ सोचका साथ आउँछौँ, नयाँ चिन्तनका साथ आउँछौँ, नयाँ साथीहरू जोड्छौँ । हामी जित्यौँ भने हामी आउने, नभए फेरि उहाँहरूले चलाउने । नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुस् । तर पोलिटिकल एड्भेन्चर नगर्नको लागि नागरिकहरूको निरन्तरको साथ हामी सबैलाई चाहिएको छ । तपाईंहरूलाई पनि चाहिएको छ, हामीलाई पनि चाहिएको छ ।’
सभापति थापाले संसदको गरिमा र सांसदको जिम्मेवारीप्रति पनि प्रश्न उठाए । संसदमा पुगेपछि सांसदहरूले आफूले बोल्ने हरेक शब्द र गर्ने हरेक निर्णयप्रति गम्भीर हुनुपर्ने उनको भनाई छ । हाल सांसदहरुले जे मन लाग्यो त्यही बोल्ने गरेको उहाँको आरोप छ । उनले भने, ‘यसो संसद तिर हेर्छु, त्यो प्रत्येक जितिसकेको सांसदलाई फुली लगाएजस्तो लागेको छ भनेदेखि भने, म त भोट पारा। मैले जे बोले पनि हुन्छ । मैले जे फुके पनि हुन्छ । यो संसद हो यो ? संसदको गरिमा हुन्न रु संसदको मर्यादा हुन्न ?’
उनले संसदमा सबैभन्दा बढी सचेत रहनुपर्ने बताए । उनले संसद, सरकार, अदालत तथा संवैधानिक निकायमा जिम्मेवारी पाएका सबैले आफ्नो अधिकारको प्रयोग कानुनी रूपमा मात्र नभई जनभावनाका दृष्टिले पनि वैध र औचित्यपूर्ण रुपमा गर्नुपर्ने बताए। कतिपय कुराहरु कानुनसम्बत् हुँदाहुँदै पनि जनभावना विपरित हुने उल्लेख गर्दै उनले जनताको भावना विपरित जाने छुट कसैलाई नरहेको बताए ।


















