नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताका लागि सभापति गगन थापासँग छलफल गर्ने बताएका छन् । देउवालाई भेट्न उनको निवास पुगेका डडेलधुराका कांग्रेस पूर्वसभापति कर्ण मल्ललाई देउवाले उक्त कुरा बताएका हुन् ।
अभिभावकीय जिम्मेवारीमा रहेर पार्टीलाई १५ औं महाधिवेशनतिर लान उपयुक्त हुने विषय आफूले उठाएको बताउँदै मल्लले भने, ‘सबैलाई मिलाएर पार्टीको १५औं महाधिवेशन गर्न उहाँलाई अभिभावकीय जिम्मेवार निर्वाह गर्न मैले आग्रह गरें ।’
देउवा त्यस कुरामा अत्यत्तै सकरात्मक आफूले पाएको मल्लले बताए । सभापति गगनसँग पार्टी मिलाउनका लागि छलफल गर्ने देउवाले मल्लसँग बताएका थिए ।


















